Rule 9
अन्तरिम वा अन्तरकालीन आदेश उपरको निवेदन र कारबाही
(१) ऐनको दफा २१ को उपदफा (२) बमोजिम पुनरावेदन अदालतमा दिइने निवेदनमा देहायका कुराहरु उल्लेख गर्नुपर्नेछः –
(क) निवेदक र विपक्षीको नाम, थर, वतन, कारोवारको ठेगाना सहित सूचना तामेल गर्न सहायक हुने अन्य विवरण,
(ख) मध्यस्थको नाम, थर, वतन र कार्यालय रहेको स्थान,
(ग) मध्यस्थलाई सुम्पिएको विषयको संक्षिप्त विवरण र मध्यस्थबाट भएका मुख्य मुख्य कार्यको विवरण,
(घ) मध्यस्थले गरेको अन्तरिम वा अन्तरकालीन आदेश सहितको निर्णयको संक्षिप्त विवरण र सो वदर हुनुपर्ने जिकिर, आधार र
प्रमाण,
(ङ) प्राप्त गर्न खोजेको उपचार,
(च) ऐनको दफा २१ को उपदफा (१) को खण्ड (छ) बमोजिमको आदेश वा निर्णयको प्रमाणित प्रतिलिपि, अन्य आवश्यक कागजातको प्रमाणित प्रतिलिपि र सम्झौताको प्रतिलिपि संलग्न छ भन्ने कुरा,
(छ) अन्य आवश्यक कुरा ।
(२) उपनियम (१) बमोजिम परेको निवेदनको प्रारम्भिक सुनुवाई हु“दा अदालतले मध्यस्थको आदेश वा निर्णय वदर हुने देखेमा सुनुवाईको मिति तोकी निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो लिखित जवाफ लिई उपस्थित हुनु भनी अर्को पक्षलाई निवेदनको प्रतिलिपि समेत संलग्न गरी आदेश जारी गर्नेछ ।
(३) उपनियम (२) बमोजिम सुनुवाई गर्दा अदालतले मध्यस्थबाट कुनै कुरा खुलाउन वा स्पष्ट गर्न आवश्यक देखेमा समय तोकी सो बमोजिम गर्न मध्यस्थलाई आदेश दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम तोकिएको मितिमा अदालतले पक्षहरु उपस्थित भए उनीहरुको कुरा समेत सुनी सवुद प्रमाण हेरी निवेदन परेको मितिले सामान्यतया तीस दिन भित्र कारबाहीको टु·ो लगाउने छ र त्यस्तो निर्णयको जानकारी मध्यस्थ र अनुपस्थित पक्ष समेतलाई दिनेछ ।